अर्थ संसार काठमाडाैं - माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडको आज एक औपचारिक कार्यक्रम बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोद्वारा संयुक्त रूपमा समुद्घाटन सुसम्पन्न भएकाे छ ।
यसैगरी, उक्त समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले माछापुच्छ्रे क्यापिटल लिमिटेडले देशको खुम्चिएको पुँजी बजार क्षेत्रको विकास गर्न तथा नयाँ क्षेत्रहरूको पहिचान गरी नयाँ कार्यक्रमहरू बजारमा ल्याउन सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
साथै, पुँजी बजार क्षेत्रमा नविनता ल्याउन जरूरी भएको परिप्रेक्ष्यमा यस क्यापिटलले थप व्यवसायिकता र थप नयाँ कार्यशैली सहित मर्चेन्ट बैंकिग क्षेत्रमा प्रवेश गर्नेछ भन्ने विश्वास लिएको जानकारी गराएका छन् ।
त्यस्तै, माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले माछापुच्छ्रे क्यापिटललाई व्यवसायिक शुभारम्भको अवसरमा बधाई दिएका छन् । यस क्यापिटलले आफ्नो व्यवसाय बिस्तारको क्रममा राजधानी भित्र मात्र नभएर देश भरी रहेका लगानीकर्ताहरूलाई सेवा पुर्याउनु पर्नेमा जोड दिँदै अन्य सेवाको रूपमा क्यापिटललाई विस्तार गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।
उक्त समारोह माछापुच्छ्रे क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस