Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावरको शेयर किनबेच हुन छाड्यो, कुन कम्पनीको शेयर मूल्य कति ?

अर्थ संसार

शुक्रबार, २४ माघ २०७६, ०५ : ३४ मा प्रकाशित

हाइड्रोपावरको शेयर किनबेच हुन छाड्यो, कुन कम्पनीको शेयर मूल्य कति ?

अर्थ संसार, काठमाडौं– दोस्रो शेयर बजारमा जलविद्युत समूहको शेयर किनविच हुन छाडेको छ । लगानीकर्तामा जलविद्युत समूहप्रति विश्वास गुम्दै गएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) वा दोस्रो शेयर बजारमा शेयर खरिदविक्री हुन छाडेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएका जलविद्युत समूहले लगानीकर्तालाई  समयमै  र राम्रो लाभांश दिन नसकेपछि लगानीकर्ताहरु किन्ने भन्दा पनि घाटा खाएर बेच्ने गर्दै आएका छन् । नेप्सेमा ३२ वटा जलविद्युत कम्पनी  सूचिकृत छन् ।

नेप्सेको अनुसार बिहीबार ३२ वटा कम्प्नीमध्ये ९ वटा कम्पनीको शेयर किनबेचभएका छैनन् ।  ३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २० वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

१४ वटा कम्पनीको शेयरमूल्य साधारण शेयर (आइपिओ)को मूल्यभन्दा कम रहेका छन् । सूचिकृत जलविद्यूत समूहमध्ये सवै भन्दा धेरै चिलिमे हाइड्रोपावर कम्पनीको प्रतिकित्ता ४३७ रुपैयाँ रहेको छ । सवै भन्दा कम मूल्य दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको प्रतिकित्ता शेयर मूल्य ५३ रुपैयाँ रहेको छ ।

कुन कम्पनीको शेयर मूल्य कति ?

5e3c0f6b38338.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको