Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा गिरावट

अर्थ संसार

शुक्रबार, २४ माघ २०७६, ०८ : २७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा गिरावट

अर्थ संसार, काठमाडौं-नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ६ महिनाको वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफामा गिरावट भएको छ । बैंकले आर्थिक वर्ष ०७६/०७७ को ६ महिनाको अवधिमा बैंकले १ अर्ब ६६ करोड खुद नाफा गरेको छ।

 गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ३४ लाख रुपैयाँ रहेको छ।

बैंकको संचालन नाफा, खुद ब्याज आम्दानी घट्नुका साथै निष्क्रिय कर्जा बढेपछि बैंकको खुद नाफा घटेको हो। खुद नाफामा गिरावट आएसँगै बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ ५६ पैसाले घटेर २३ रुपैयाँ ४३ पैसा कायम भएको छ।

बैंकको निक्षेप १ खर्ब ४९ अर्ब ९५ करोड पुगेको छ। यसअवधिमा १ खर्ब ३२ अर्ब ६० करोड कर्जा परिचालन गरेको छ। जसबाट बैंकले ३ अर्ब ६ करोड खुद ब्याज आम्दानी गरेको छ। बैंकको निक्षेप ०.३८ प्रतिशतले मात्र बढेको छ भने कर्जा करिब ८ प्रतिशतले बढेको छ। खुद ब्याज आम्दानी साढे ७ प्रतिशतले घटेको हो।

बैंकको खुद ब्याज आम्दानी तथा संचालन नाफा गतबर्षको भन्दा कम हो । बैंकको निष्क्रिय कर्जा २.०४ प्रतिशतबाट बढेर २।९० प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ घटेर १८४ रुपैयाँ ३ पैसा कायम भएको छ। त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात बढेर १७.२८ गुणा पुगेकोे छ।

१४ अर्ब २२ करोड चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब १० करोड, शेयरधनी कोषमा १ अर्ब ८१ करोड र शेयर प्रिमियममा ३ करोड २५ लाख रुपैयाँ रहेको छ।

बैंकको आधारदर ८.५३ प्रतिशत, लागत ६.३५ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ७५.३९ प्रतिशत छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको