अर्थ संसार
काठमाण्डौ – टुुरिजम डेभलपमेन्ट बैंकमा लागनी गर्ने लगानीकर्ताहरुलाई खुसीको खबर । खबर यो की बैंकले १ आगामी चैत्र १३ गतेदेखि सय प्रतिशतको दरले हकप्रद निस्कासन गर्ने भएको छ ।
एक सूचना प्रकाशित गर्दै यो विकास बैंकले हकप्रदका लागि आवेदन दिने मिति चैत १३ गतेदेखि ३५ दिनसम्म अर्थात बैशाख १७ गतेसम्म तोकिएको छ ।
टुरिजम डेभलपमेन्ट बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ९१ लाख ९७ हजार ७ सय १२ कित्ता हकप्रद निश्कासन गर्दैछ ।
कहाँबाट दिने आवेदन ?
हकप्रदको बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड रहेको छ । काठमाण्डौको लाजिम्पाटस्थित एनआइबिएल क्यापिटल मार्केटको मुख्य कार्यालय र देशभरका टुरिजम डेभलपमेन्ट बैंकका शाखा कार्यालयबाट फारम भर्न सक्नेछन् ।
सतप्रतिशत हकप्रद निश्कासनपछि यो विकास बैंकको चुक्तापूँजी १ अर्ब ८३ करोडको उचाईमा पुुग्नेछ । हाल यो बैंकको चुक्तापूँजी ९१ करोड ९७ लाख रुपैयाँ रहेको छ ।
टुुरिजम डेभलपमेन्ट बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १४ करोड ६३ लाख खूद नाफा आर्जन गरेको छ ।
मर्जरको प्रक्रियामा रहेको मेगा बैंकले पनि आफ्ना सेयरधनीका लागि ६५ प्रतिशत हकप्रद प्रस्ताव गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस