अर्थ संसार, काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले तलव भन्दा ४ गुणा बढी भत्ता बुझेका छन् ।
बैंकको वार्षिक प्रतिवेदन अनुसार बैंकले आर्थिक वर्ष २०७५/७६ मा प्रमुख कार्यकारी अधिकृतले तवल ६ लाख रुपैयाँ बुझेका छन् । तर, भत्ता भने २५ लाख २० रुपैयाँ लिएका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा किरन कुमार श्रेष्ठ रहेका छन् ।
बैंकले तलव/भत्ता बाहेक प्रमुक कार्यकारी अधिकृतलाई दशैं भत्ता उपहार २ लाख ६० हजार रुपैयाँ, बोनस १ लाख ५० हजार रुपैयाँ, अन्यमा १ लाख ५० हजार रुपैयाँ र ४ लाख ५ हजार ४ सय ५ रुपैयाँ गरी कुल ४० लाख ६५ हजार ४ सय ५ रुपैयाँ खर्च गरेको छ ।
त्यसै गरी बैंकले कर्मचारी संचालन खर्चमा ३ अर्ब ९ करोड ११ लाख ५४ हजार ४६ रुपैयाँ र कार्यालय संचालन खर्चमा १ अर्ब १३ करोड १७ लाख ४४ हजार २०८ रुपैयाँ खर्च गरेको छ ।
वाणिज्य बैंकको १४ औं वार्षिक साधारणसभा माघ २४ गते शुक्रबार सम्पन्न भएको छ । बैंकले शेयरधनीलाई पहिलो पटक १२ तिशत नगद लाभांश दिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस