Like us!
Follow us!
Connect us!
Watch us!

Connect IPS मा रजिष्ट्रेशन गर्दा बैंक अफ काठमाण्डूका ग्राहक महानुभावहलाई १००

अर्थ संसार

आइतबार, २६ माघ २०७६, २० : ४६ मा प्रकाशित

Connect IPS मा रजिष्ट्रेशन गर्दा बैंक अफ काठमाण्डूका ग्राहक महानुभावहलाई  १००


अर्थ संसार, काठमाडौं- बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउस बिच बैंक अफ काठमाण्डूका ग्राहक महानुभावहरुले आफ्नो खातालाई ConnectIPS मा पहिलो पटक रजिष्ट्रेशन गर्दा रु १००  (अक्षरुपी रुपैया एक सय मात्र) ग्राहक महानुभावको खातामा उपलब्ध गराउने सहमती भएको  छ ।

बैंकका ग्राहक महानुभावहरुले ConnectIPS मा आफ्ना खातालाई पहिलो पटक Link गरी बैंकबाट Verify पश्चात् ग्राहक महानुभावहरुको आफ्नै खातामा रु १०० जम्मा हुनेछ ।

ग्राहक महानुभावले ConnectIPS मा रजिस्ट्रेशन पश्चात् घरमा बसी बसी आफ्नो आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुबिधाहरुको सजिलै उपयोग गर्न सक्नुहुने जानकारी बैंकले गराएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको