Like us!
Follow us!
Connect us!
Watch us!

गोलमाल तथ्यांक, भ्रमण वर्ष : २०२० र आठहजार मिटरमाथिका हिमाल

सोमबार, २७ माघ २०७६, ११ : ०८ मा प्रकाशित

गोलमाल तथ्यांक, भ्रमण वर्ष : २०२० र आठहजार मिटरमाथिका हिमाल

नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभागले केही समयअघि नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ जना पुगेको भनी तथ्यांक प्रकाशित गरेको थियो । तर, केही समयपछि सो तथ्यांकलाई अध्यागमन विभागले सच्याएर सन् २०१९ मा जम्मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको जनाएको भनी जनाएको छ ।

यसरी हेर्दा अध्यागमन विभागले पहिले दिएको तथ्यांक अर्थात् सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ जना पुगेको भनी दिएको तथ्यांकलाई पछि सच्याएर सन् २०१९ मा जम्मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको जनाएको भनी सच्याएर अनुसार सन् २०१९ मा जम्मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसरी हेर्दा सन् २०२० मा २० लाख विदेशी पर्यटकको संख्या पुर्याउन धेरै कठिन देखिन्छ । किनभने, यो वर्ष अर्थात् सन् २०२० को एकै वर्षको अवधिमा एकैचोटि ७ लाख ३ हजार चानचुन विदेशी पर्यटक भित्र्याउनु भनेको ख्याल–ठट्टा हुँदै होइन । किनभने, सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउनका लागि नेपाल आउने विदेशी पर्यटकको संख्या लगभग ७२ प्रतिशतले बढोत्तरी गर्नुपर्ने देखिन्छ ।

जे होस्, नेपालले सन् २०२० (हाल चली रहेको वर्ष) लाई नेपाल भ्रमण वर्ष मनाई रहेको छ । यस महान कार्यमा नेपालमा रहेका आठ हजार मिटरभन्दा माथिका हिमालहरुको योगदान पनि कम हुने छैन ।  खासगरी खर्चिलो पर्यटकहरुलाई आठ हजार मिटरभन्दा माथिका हिमालहरुले आकर्षित गर्ने छ भन्ने आशा गर्न सकिन्छ । 
विश्वमा हालसम्म मान्या प्राप्त आठ हजार मिटरभन्दा माथिका हिमाल १४ वटा रहेका छन् । त्यसमध्ये नौ वटा (६० प्रतिशत) नेपालमा रहेका छन् । ती हुन्, विश्वकै सबैभन्दा अग्लो हिमशिखर चोमोलुङमा अर्थात् सगरमाथा । जसको उचाई ८ हजार ८ सय ४८ मिटर रहेको छ । त्यस्तै अर्को हो, विश्वकै तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा । जुन हिमाल नेपालको ताप्लेजुङ जिल्ला, चीनको स्वशासित क्षेत्र तिब्बत र भारतको सिकक्म र दार्जिलिङको सीमानामा रहेको छ ।

जुन हिमालको उचाई ८ हजार ५ सय ८६ मिटर रहेको छ । त्यस्तै ८ हजार ५ सय १६ मिटर अग्लो ल्होत्से÷चे हिमशिखर सोलुखुम्बु जिल्लामा रहेको छ । जुन विश्वको चौथो अग्लो हिमशिखर पनि हो । विश्वको पाँचौं अग्लो हिमाल मकालु पनि नेपालमै रहेको छ । जुन हिमालको उचाई ८ हजार ४ सय ८६ मिटर रहेको छ । अर्को ८ हजार २ सय १ मिटर अग्लो चोओ यु हिमाल हो । चो ओयु हिमाल पनि सोलुखुम्बु जिल्लामै रहेको छ, जुन हिमाल विश्वको छैठौ अग्लो हिमाल हो । त्यस्तै विश्वको सातौं र आठौं अग्लो हिमाल पनि नेपालमै रहेको छ । जुन हिमालहरु क्रमशः ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी र ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हो भने विश्वको १० औं अग्लो हिमाल अन्नपूर्ण प्रथम पनि नेपालमै रहेको छ । विश्वका बाँकी ५ वटा आठ हजार मिटर अग्ला हिमालमध्ये ४ वटा पकिस्तानमा र एउटा चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको छ ।

पर्वतारोहण पर्यटन नेपालको पर्यटन उद्योगको मेरुदण्ड नै हो भन्दा फरक पर्दैन । यसको प्रमाण भनेको हरेक वर्षको पर्यटकीय सिजनमा नेपालको विभिन्न हिमाल आरोहणका लागि आउने विभिन्न देशका हिमाल आरोहीहरुले गर्ने गरेको खर्चको विवरण पनि एक हो । जस्तो कि आजभन्दा लगभग आठ वर्षअघि नेपाल पर्वतारोहण संघले सन् २०११ मा आफ्नो मुखपत्र ‘नेपाल पर्वत’मा प्रकाशित गरेको एक विवरण अनुसार (नेपाल सरकारले ३३ वटा स–साना हिमाललाई नेपाल पर्वतारोहण संघलाई रेखदेख गर्ने, परमिट वापत शुल्क उठाउने लगायतको जिम्मेवारी दिएर सुम्पेको छ । ती ३३ वटा ट्रेकिङ पिक आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरुले मात्रै सन् २०११ को स्प्रिङ् सिजनमा ७२ लाख ९ हजार तीनसय ५६ अमेरिकी डलर खर्च गरेका थिए । उक्त सिजनमा चारसय ४७  वटा पर्वतारोही टोलीले सलामी दस्तुर वापत् मात्रै नेपाल पर्वतारोहण संघलाई एकलाख  ८४ हजार ९ सय ७५ अमेरिकी डलर तिरेका थिए । जुन रकम तत्कालीन बजार भाउअनुसार सटही गर्दा नेपाल पर्वतारोहण संघलाई एक करोड ३३ लाख १८ हजार दुईसय नेपाली रुपैंया प्राप्त भएको थियो । यसरी हेर्दा सन्  २०११ म मात्रै ३३ वटा ट्रेकिङ पिकहरुबाट नेपाल ले ५१ करोड ९० लाख ७३ हजार छ सय ५० नेपाली रुपैंया आर्जजन गरेको देखिन्छ ।

नेपाल भूगोल र जनसंख्याको आधारमा विश्वका अन्य देशको तुलनामा मध्यमस्तरको भए तापनि नेपालमा हिमरेखा भन्दा ( ५,५०० मिटर ) माथिका १७ सय १३ वटाभन्दा बढी हिमालहरु रहेका छन् भने नेपाल सरकारले पटक–पटक गरेर लगभग ४ सय १४ वटा ५ हजार ५० मिटर भन्दा अग्ला हिमालहरु (छुकुङ–री देखि लिएर ८,८४८ मिटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा+एभरेस्टसम्म पर्वतारोहणका लागि खुल्ला गरेको छ ।

नेपालको पर्वतारोहण पर्यटनमा अर्को महत्वपूर्ण घटना भनेको हालसम्म नेपालमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये ८ वटा नेपालमा थिए भने अब विश्वमा ६ वटा नयाँ ८ हजार मिटरभन्दा माथिका हिमालहरु थ्प हँुदैछन् । यसरी थप हुने सबै हिमाल संयोगले नेपालकै रहेका छन् । यसरी हेर्दा नयाँ थप भएर विश्वमा आठ हजार मिटरमाथिका हिमाल २० वटा हुँदैछ भने थपिएका नयाँ ६ वटै हिमाल नेपालमा पर्नु हामी नेपालीहरुका लागि गर्व कै कुरो हो । थपिने ती नयाँ ६ वटा हिमाल कञ्चनजंघा हिमाल र ल्होत्चे हिमाल क्षेत्रमा रहेका छन् । यी नयाँ  हिमालहरुको नाम र स्थान घोषण गर्न गत वर्ष नै स्वीट्जरल्यान्डबाट अन्र्ताष्ट्रिय पर्वतारोहण महासंघका प्राविधिक टोली खटिएर आउने भनिए तापनि प्राविधिक कारणले सो टोली हालसम्म पनि आउन सकेको छैन ।

आशा गरौं सो प्रविधिक टोली ‘नेपाल भ्रमण वर्ष–२०२०’ चल्दाचल्दै नेपाल आएर, नापजाँच गरेर ती हिमालहरुको नाम र उचाई घोषणा गरेर जाऊन्  ! यो जति सक्दो काम छिटो गर्नका लागि नेपाल सरकार, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्वतारोहण संघ,नेपाल पर्यटन बोर्ड, टान, हान, नाट्टा, सोट्टो, नारा, पाटा लगायत नेपाली पर्यटन व्यवसायसँग सम्बन्धित सबैले घच–घच्याउनुपर्ने देखिन्छ, स्वीटजरल्यान्डस्थित अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको मुख्यालयलाई ।
हुन त यस कार्य (विश्वमा थप भएका ८ हजार मिटरभन्दा माथिका हिमाललाई छिटोभन्दा छिटो मान्यता दिलाउने काम) का लागि नयाँँ नियुक्त भएका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री माननीय योगेश भट्टराई ज्यु लागिपर्नु भएकै होला भन्ने आशा गरौं ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको