Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल व्यवस्थापन संघ (म्यान) काे अध्यक्षमा किरणकुमार श्रेष्ठ निर्वाचित

सोमबार, २७ माघ २०७६, १२ : ४८ मा प्रकाशित

नेपाल व्यवस्थापन संघ (म्यान) काे अध्यक्षमा किरणकुमार श्रेष्ठ निर्वाचित

अर्थ संसार, काठमाडौं – नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्षमा किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार बिहान भएको निर्वाचनमा क्षेष्ठ निर्वाचित भएको हुन् ।

राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ ब्यक्तिगत तर्फबाट संघमा सदस्य निर्वाचित भएका थिए ।

म्यानको प्रथम उपाध्यक्षमा बमबहादुर मिश्र निर्वाचित भएका छन् । निर्वाचित मिश्र राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । त्यसैगरी, आइएमइ समूहका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल द्वितीय उपाध्यक्षमा  निर्वाचित भएका छन् ।

महासचिवमा कृषि विकास बैंकका धर्मानन्द अवस्थी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा अनु श्रेष्ठ जोशी निर्वाचित भएकी छिन् । म्यानमा १९ कार्य समिति सदस्य चयन भएका छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको