Like us!
Follow us!
Connect us!
Watch us!

नविल बैंकको नाफा २ अर्ब ४ करोड, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, २८ माघ २०७६, ०९ : ०१ मा प्रकाशित

नविल बैंकको नाफा २ अर्ब ४ करोड, प्रतिशेयर आम्दानी कति ?


अर्थ संसार, काठमाडौं-नविल बैंकले आर्थिक वर्ष २०७६–७७ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजानिक गरेको छ ।बैंकले यस त्रैमासमा २ अर्ब ४ करोड खुद नाफा आर्जन गरेको छ  । सोही अवधिमा  गत आर्थिक वर्षको सोही अवदीमा २ अर्ब १७ करोड आर्जन गरेको थियो ।

 वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ६.२० प्रतिशत घटेको छ ।कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब ४५ करोड रहेको छ ।

बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४१ अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ६२ अर्व निक्षेप संकलन गरेर १ खर्ब २७ अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ३ अर्ब ४५ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६१ करोड रहेको थियो । करिव १६ करोडले घटेको छ ।त्यसैगरी सञ्चालन मुनाफा २ अर्ब ९० करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ०८ करोड रहेको थियो ।

 

हाल कम्पनीको चुक्तापुँजी १० अर्ब ०९ करोड रहेको छ भने जगेडा कोषमा ११ अर्ब ६७ करोड रहेको छ । कम्पनीको संचित नाफा २ अर्ब १३ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात ०.७५५ छ भने गत बर्ष ०.६२५ रहेको थियो । कोषको लागत ६.०२५ र कर्जा निक्षेप अनुपात ७७.२८५ रहेको छ ।कम्पनीको प्रति शेयर आम्दानी रु ४५.३२ रहेको छ भने नेटवर्थ २३६.६८ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको