अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बिहीबार) सबै विदेशी मुद्राकाे भाउ बढेकाे छ । बिहीबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा रहेकाे छ ।
त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेकाे छ ।
त्यसैगरी, बिहीबार एक कुवेती दिनारको खरिददर ३७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५१ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५० पैसा रहेकाे छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा तोकिएको छ ।
यसका साथै, बिहीबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस