Like us!
Follow us!
Connect us!
Watch us!

फागुनकाे पहिलाे दिन नै बढ्याे सुनचाँदीकै भाउ

निशा हुमाँगाई

विहीबार, ०१ फागुन २०७६, ११ : १६ मा प्रकाशित

फागुनकाे पहिलाे दिन नै बढ्याे सुनचाँदीकै भाउ

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) अर्थात फागुन महिनाकाे पहिलाे दिन नै सुनकाे मूल्य बढेकाे छ । बुधबार ताेलामा २ सयले घटेर प्रतिताेला ७५ हजार ७ सय रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज ताेलामा ३ सयले बढेर प्रतिताेला ७६ हजार रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि बढेकाे छ । आज चाँदी ताेलामा ५ रूपैयाँले बढेर प्रतिताेला ८ सय ८० रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको