विवेक अर्याल
अर्थ संसार, धादिङ्ग-आफ्नी बहिनीको इन्गेजमेन्टको कार्यक्रममा सहभागी हुन जाने क्रममा दुर्घटनामा परि अभिनेत्री महिमा सिलवालको मृ'त्यु भएको छ ।
पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा बुधवार साँझ ५ः४५ बजे नायीका महिमा सवार काठमाण्डौ बाट भरतपुर तर्फ जाँदै गरेको वा ९८ प ७०५८ नं.को स्कुटर र काठमाण्डौ तर्फ आँउदै गरेको लु २ ख १३५ नम्बरको बस एकआपसमा ठक्कर खाँदा उनीहरु गम्भीर घाईते भएका थिए ।
दुर्घटनामा परी गम्भीर घाईते भएका दुई जनाको उपचारको क्रममा गएराती मृ'त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख प्रहरी निरिक्षक नेत्र प्रसाद भट्टले जानकारी दिए ।
प्रहरी निरिक्षक भट्टका अनुसार गम्भीर घाईते भएक नायीका महिमा सिलवालको उपचारका क्रममा गजुरी अस्पतालमा र शर्मिलाको राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा मृ'त्यु भयको हो ।
मृतक द्धय महिमा र शर्मिला सिलवाल लामो समय देखि फिल्मी क्षेत्रमा लाग्दै आएका थिय । महिमा र शर्मिला यकाघरका दिदीबहिनी समेत हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस