Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन जनरल इन्स्योरेन्सकाे नाफा घट्दा अरू सूचक के भयाे ?

निशा हुमाँगाई

विहीबार, ०१ फागुन २०७६, १४ : ०७ मा प्रकाशित

हिमालयन जनरल इन्स्योरेन्सकाे नाफा घट्दा अरू सूचक के भयाे ?

अर्थ संसार काठमाडाैं - हिमालयन जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले  दोस्रो त्रैमाससम्म आइपुग्दा ७ करोड १८ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

 उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १६.५५ प्रतिशत कम हाे । गत वर्ष कम्पनीले ८ करोड ६१ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १६ करोड ३४ लाख ४४ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा १३.६२ प्रतिशत कम हाे । गत वर्ष कम्पनीले १८ करोड ९२ लाख २९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

त्यस्तै, कम्पनीकाे प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९९ पैसा रहेको छ । उक्त आम्दानी गत वर्षकाे तुलनामा ५ रुपैयाँ ६२ पैसा धेरै हाे । गत वर्ष यसै अवधिमा कम्पनीकाे प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३७ पैसा रहेकाे थियाे ।

त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ  १८१ रुपैयाँ ०६ पैसा रहेकाे छ । उक्त नेटवर्थ गत वर्षकाे तुलनामा १७ रूपैयाँ ९१ पैसा धेरै हाे । गत वर्ष यसै अवधिमा कम्पनीकाे प्रतिशेयर आम्दानी १६३ रुपैयाँ १५ पैसा रहेकाे थियाे । 

कम्पनी​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5e45075c3451e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको