Like us!
Follow us!
Connect us!
Watch us!

कलैयामा खुल्याे सिभिल बैंकको १०८औं शाखा

निशा हुमाँगाई

विहीबार, ०१ फागुन २०७६, १६ : २७ मा प्रकाशित

कलैयामा खुल्याे सिभिल बैंकको १०८औं शाखा

अर्थ संसार, काठमाडौं - समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विशेष महत्व दिने रणनीति अनुरूप बैंकले आज बारा जिल्लाको कलैयामा आफ्नो शाखा संचालनमा ल्याएको छ ।  

आज एक कार्यक्रमका बीच सिभिल बैंकका संचालक समितिका सदस्य युगेश बहादुर मल्ल तथा कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादवले संयुक्त रूपमा सिभिल बैंक लिमिटेडको कलैया शाखाको समुद्घाटन गरेका छन् । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री सिद्धेश्वर संस्कृत माध्यामिक विद्यालयलाई सि.सि.टि.भि.क्यामेरा प्रदान गरिएकाे छ ।

यसैगरी, कलैया शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादवले देशमा वित्तिय क्रान्तिको आवश्यकता रहेकोले आफ्नो नगरवासीलाई वित्तिय क्रान्तिमा लाग्न सुझाव दिए र आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह गरे तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई व्याज आर्जन गर्न पनि उनले आग्रह गरेका छन् ।

त्यस्तै, उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङले गढ़िमाइ जस्तो पवित्र धार्मिक स्थल तथा देशको खाद्यान्नको प्रमुख उत्पादन हुने बारा जिल्लाको कलैयामा आफुले प्रशस्त अवसरहरू देखेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सम्पूर्ण बैंकिंग सेवा तथा सुविधाहरू प्रदान गर्ने बताएका छन् ।

यस्तै, उक्त समारोहका सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य युगेश बहादुर मल्लले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताउनु भयो ।

उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका संचालक समितिका सदस्य युगेश बहादुर मल्ल, कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादव, प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङ, नेपाल प्रहरी बाराका प्रमुख  कृष्ण प्रसाद पंगेनी, उवा संघका अध्यक्ष विनोद साह, कलैया उप–महानगरपालिकाका वडा नं ४ का अध्यक्ष जटा शंकर, सिभिल बैंकका प्रदेश २ का प्रमुख सुरज दाहाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेकाे थियो । 

त्यस्तै, सिभिल बैंकको हालसम्म ४ लाख १५ हजार भन्दा बढी ग्राहकहरू रहेको ५२ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी करीव ५० अर्ब कर्जा लगानी गरेको र यस बैंकको प्रदेश नं २ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०८ पुगेको पनि बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको