Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तकाे नाफा १२३.७१ प्रतिशतले बढ्याे, अरू सूचक कस्ताे छ ?

निशा हुमाँगाई

मंगलबार, ०६ फागुन २०७६, १३ : १२ मा प्रकाशित

नाडेप लघुवित्तकाे नाफा १२३.७१ प्रतिशतले बढ्याे, अरू सूचक कस्ताे छ ?

अर्थ संसार काठमाडाैं - नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले दोस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड १९ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा १२३.७१ प्रतिशत धेरै हाे । गत वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ४२ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १४ करोड ८० हजार रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज आम्दानी गत वर्षकाे तुलनामा १७.०१ प्रतिशत धेरै हाे ।

त्यस्तै, संस्थाकाे प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३५ पैसा रहेकाे छ । संस्थाकाे प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ  ७८ पैसा रहेकाे छ । 

यसैगरी, पुस मसान्तसम्ममा संस्थाले सञ्चालन नाफा १३९.१६ प्रतिशतले बढाएर ४ करोड ७९ लाख ३१ हजार रुपैयाँ पुर्याएकाे छ । 

संस्था​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5e4b94a212832.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको