अर्थ संसार, काठमाडौं – कालिका पावर कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (फागुन ८ गते बिहीबार) कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर-१०, चितवनमा अहिले ११ बजेबाट शुरू हुनेछ ।
यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्ष आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरीनेछ ।
त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेकिनेछ ।
यस्तै, कम्पनीले साधारण सभा प्रयाेजनकाे लागि माघ २६ गतेबाट बुकक्लाेज गरेकाे छ । तसर्थ, माघ २४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा काराेबार गरी उक्त मितिबाट ४ दिनभित्र कम्पनीकाे शेयर रजिष्टर ग्लाेबल आइएमई क्यापीटल लिमिटेड, जमल, काठमाडाैंबाट प्राप्त शेयर नामसारी लिखितकाे आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस