Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार सबै विदेशी मुद्राकाे भाउ घट्याे

निशा हुमाँगाई

विहीबार, ०८ फागुन २०७६, ११ : ०५ मा प्रकाशित

बिहीबार सबै विदेशी मुद्राकाे भाउ घट्याे

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बिहीबार) सबै विदेशी मुद्राको भाउ घटेको छ । बिहीबार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेकाे छ ।

त्यसैगरी, बिहीबार एक कुवेती दिनारको खरिददर ३७३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १३ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर  ३०२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ४४ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४४ पैसा र बिक्रीदर २७ रुपैयाँ ५८ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर  ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा तोकिएको छ ।

यसका साथै, बिहीबार एक युएई दिरामको खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको