Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोष बिच सम्झौता

निशा हुमाँगाई

आइतबार, ११ फागुन २०७६, १३ : १३ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोष बिच सम्झौता

अर्थ संसार, काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सामाजिक सुरक्षा कोष बिच खाता संचालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको समुपस्थितिमा भएको सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एक समारोहका बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यसैगरी, सम्झौता पश्चात सामाजिक सुरक्षा कोषको विभिन्न सुरक्षा योजनामा आवद्ध भएका रोजगारदाताहरूले आफ्नो श्रमिकको योगदानबाट कट्टा हुने आधारभुत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताहरूले आफ्नो तर्फबाट योगदान गर्ने रकम २० प्रतिशत समेत गरी जम्मा ३१ प्रतिशत रकम मध्ये विभिन्न योजना अन्तर्गत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गर्नेछन् ।

त्यसैगरी, कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई सरकारी संस्था बिच भएको सम्झौताले सामाजिक सुरक्षाको कार्यान्वयनको लागि थप सघाउ पुग्ने बताएका छन् ।

यस्तै, कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा कोषको उद्धेश्य तथा महत्वको बारेमा प्रकाश पारेका छन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले बैंकले सामाजिक सुरक्षा कोषलाई आधुनिक प्रविधि सहितको बैंकिङ्ग सेवा दिने बताएका छन् ।

त्यस्तै, उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरू विनयरमण पौडेल, सरोज बस्नेत, सामाजिक सुरक्षा कोषका उप निर्देशक रोहित रेग्मी लगायतको उपस्थिति रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको