Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्याे रेकर्ड ब्रेक

निशा हुमाँगाई

आइतबार, ११ फागुन २०७६, १५ : २२ मा प्रकाशित

नेप्सेले गर्याे रेकर्ड ब्रेक

अर्थ संसार, काठमाडौं – आज (आइतबार) पनि शेयर बजार उकालाे लागेर नयाँ रेकर्ड कायम गरेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आइतबार शेयर बजार ६९.५६ अंकले बढेर एक हजार ५०४.१४ मा पुगेकाे छ । नेप्सेको वृद्धि प्रतिशतका आधारमा ४.८५ हो । यस्तै सेन्सेटिभ परिसूचक १७.०७ अङ्कले वृद्धि भई ३१७.५० मा पुगेको छ ।

नेप्से उच्च अंकले वृद्धि हुँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल १७८ कम्पनीकाे ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर खरिदविक्री हुँदा ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सबै उपसमूहको शेयर बढेको छ ।

आइतबार बैंकिङ ८६.०१ अंक, व्यापार ७३.११ अंक, हाेटल ११.७७ अंक, विकास बैंक ८४.५९ अंक, जलविद्युत ३३.७५ अंक, फाइनान्स २२.५६ अंक, निर्जिवन लाइफ १३९.८५ अंक,  उत्पादन ३८.६२ अंक, अन्य २४.६३ अंक, माइक्राेफाइनान्स ५४.८९ अंक, लाइफ इन्स्योरेन्स १९२.३६ अंक र सामूहिक लगानी कोष समूह ०.२८ अंकले बढेकाे छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबारका आधारमा एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीकाे शेयर कूल १२ करोड ५६ लाख २१ हजार ७६६ बराबरको कारोबार भएको छ ।

        हेराैं आजकाे शेयर तालिका :

 

5e524e197f4b9.jpg 5e524e1d5791f.jpg 5e524e20d1640.jpg 5e524e27201e9.jpg 5e524e2b1f656.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको