Like us!
Follow us!
Connect us!
Watch us!

रसुवा बैंक तथा वित्तीय संस्थाको रोजाइमा

अर्थ संसार

सोमबार, १२ फागुन २०७६, ०८ : ०२ मा प्रकाशित

रसुवा बैंक तथा वित्तीय  संस्थाको रोजाइमा


अर्थ ससार, रसुवा-जिल्लामा बैंक तथा वित्तीय  संस्था खुल्नेक्रम दिन प्रतिदिन बढ्दै गएको छ । ग्लोबल आइएमई बैंक धुञ्चे शाखाका प्रमुख ब्रजेश अर्यालका अनुसार  जिल्लाको बेत्रावतीदेखि सीमावर्ती क्षेत्र टिमुरेसम्म आर्थिक कारोवार गर्ने बैंक संस्थाको सङ्ख्या २७ पुगेको छ ।


 ग्लोबल आइएमई चार, नेपाल बङ्गलादेश दुई, सानीमा एक, एनएमबी दुई, बैंक अफ काठमाडौँ एक, इन्भेष्टमेन्ट  एक, माछापुच्छ्रे« एक, सनराइज एक, प्रभु बैंकको तीन शाखा जिल्लामा कारोवार गरिरहेका छन् ।

 यसैगरी अन्य बैंकमा आइसीएफसी फाइनान्स एक, प्राइम एक, लुम्बिनी विकास एक, ज्योति विकास एक, हिमालयन एक, मेगा एक, सिद्धार्थ एक, एनआइसी एकसमेतका बैंक शाखा स्थापना भइसकेका छन् ।

  नेपाल बैंक, कृषि विकास र पछिल्लो समय खोलिएको राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । ग्रामीण भेकमा भने कुमारीले आमाछोदिङ्मो गाउँ पालिकाको चिलिमे थाम्बुचेत, ग्लोबल आइएमईले नौकुण्ड गाउँ पालिकाको पारच्याङ र प्रभु बैंकले मानव बस्तीको अन्तिम विन्दु मानिने पर्यटकीय क्षेत्र लाङटाङको क्याङ्जेनमा सेवा दिइरहेका छन् । स्थापित अन्य सबै बैंक राजमार्गको सेरोफेरोलाई केन्द्रित रहेका छन् ।

 बयालिस हजार स्थानीय बासिन्दामाझ नेपाल बैंकले बचत जम्मा तथा भुक्तानीको सेवा प्रदान गरिराखेको छ ।  अधिकांश बैंकको दैनिक कारोवार न्यून रहेका कारण प्रायजसो बैंकले ऋण प्रवाहतर्फ बढी केन्द्रित भई किसानलाई जग्गा जमिनको धितो जमानतमा ब्याजी ऋण दिन थालेको स्थानीयवासीले बताएका छन् । 

 अहिले सञ्चालनमा रहेका प्राय बैंक संस्था बेत्रावती, कालिकास्थान, धुञ्चे, स्याफ्रुबेँसी र सीमावर्ती क्षेत्र टिमुरेमा केन्द्रित रहेका छन् ।   विभिन्न पेशाबाट ग्रामीण किसानको आयवृद्धि गराउन बैंकले ऋण प्रवाह गर्ने क्रममा धितोबन्धक दिने किसानको सङ्ख्या भने ३९९ पुगेको मालपोत कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको