Like us!
Follow us!
Connect us!
Watch us!

शिवरात्रिमा पशुपतिमा ४१ लाखको विशेष पूजा, वार्षिक कतिकाे पूजा गरिन्छ ?

निशा हुमाँगाई

सोमबार, १२ फागुन २०७६, १६ : ५७ मा प्रकाशित

शिवरात्रिमा पशुपतिमा ४१ लाखको विशेष पूजा, वार्षिक कतिकाे पूजा गरिन्छ ?

अर्थ संसार, काठमाडौं – महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा ४१ लाख रूपैयाँ बराबरको विशेष पूजा गरिएको छ ।

देवादिदेव महादेव उत्पत्ति भएको दिनका रूपमा विशेष पूजा गरिने फागुन कृष्ण चतुर्दशीका दिन तीन प्रहरमा ५०३ वटा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिएका छन् ।

यसैगरी, महाशिवरात्रिका दिन विशेष पूजा गर्न चाहने भक्तजन धेरै भए पनि रात्रिकालीन समयमा मात्र अधिकांशलाई अवसर दिन सकिएको कोषले जनाएको छ ।

त्यस्तै, त्यस दिन बिहान २७ र दिउँसो १३ विशेष पूजा भएको थियो । बाँकी विशेष पूजा बेलुकी ८ बजे दर्शनार्थी भक्तजनको लाइन सकिएपछि गरिएको थियो । अधिकांश भक्तजनले २७ हजार रूपैयाँ र ५१ हजार रूपैयाँ बराबरको पञ्चामृत स्नान सहितको विशेष पूजाका लागि रसिद काटेका थिए । वि.सं २०६६ चैत २६ गतेदेखि पशुपतिमा हुने विशेष पूजा र भक्तजनले चढाउने भेटीघाटी दानपेटिकामा राख्न लगाई मासिकरूपमा कोषमा दाखिला गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, वार्षिक विशेष पूजाबाट सात करोड रूपैयाँ र भेटीघाटीबापत छ करोड गरी १३ करोड रूपैयाँ उठ्ने गरेको प्रमुख लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताएका छन् । वार्षिकरूपमा यही कोषबाट भट्ट, भण्डारीलगायत कर्मचारी तलबलगायत चालू खर्च हुन्छ । चालू खर्च कटाएर हालसम्म रु २३ करोड बचत रहेको कोषले जनाएको छ । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको