Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय तहको निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्रीको अपिल

विहीबार, २६ फागुन २०७३, १८ : ४३ मा प्रकाशित

स्थानीय तहको निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्रीको अपिल

अर्थ संसार 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहयोग गर्न अपिल गरेका छन् । 

राष्ट्रिय सूचना आयोगले यहाँ आज प्रस्तुत गरेको आयोगको आर्थिक वर्ष २०७२÷७३ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले केही मानिसले संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचन हुन नदिने चलखेल गरिरहेको सन्दर्भमा निर्वाचन सम्पन्न गर्नका लागि आम नागरिकसँग अपिल गरेका हुन् । 

उनले राजनीतिक अस्थिरता र खचातानीभन्दा पनि जनताले विकास चाहेको हुँदा संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताए । 

“प्राप्त उपलब्धि संस्थागत गर्ने सन्दर्भमा निर्वाचन धेरै नै महत्वपूर्ण हुनेछ, निर्वाचन देशका लागि अपरिहार्य बनेको छ, त्यसैले सही ढङ्गबाट सम्पन्न गर्न सबैको उत्तिकै भूमिका हुन्छ”– प्रधानमन्त्री ‘प्रचण्ड’ले भने । 

उनले जति धेरै जनता सुसूचित हुने वातावरण बन्छ त्यति नै लोकतन्त्र सबल र सुदृढ हुन्छ भन्दै जनता सुसूचित भएपछि विकाससँगै सबैखाले विकृति, विसङ्गतिमाथि उनीहरुको नियन्त्रण हुने स्थिति पनि सुनिश्चित हुन्छ बताए । 

आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आव २०७२/७३ मा आयोगमा ६ सय ७८ पुनरावेदन परेकोमा ६ सय ७४ वटा फछ्र्यौट भई कुल प्रगति ९९ दशमलव ४ प्रतिशत रहेको जानकारी दिए । 

आयुक्तद्वय यशोधा तिमिल्सिना र किरणकुमार पोखरेलले आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफलका लागि संसद्मा प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । रासस
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको