इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत छैटौं खेलमा सनराइजर्स हैदराबाद (एसआरएच)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई उसकै घरेलु मैदानमा ६५ रनले पराजित गर्दै सिजनको पहिलो जित हासिल गरेको छ ।
२२७ रनको लक्ष्य पाएको कोलकत्ता १६ ओभरमै १६१ रनमा अलआउट भयो । उसका लागि अंगकृष रघुवंशीले सर्वाधिक ५२ रन बनाए । त्यस्तै रिंकू सिंहले ३५ रन बनाए । हैदराबादका लागि जयदेव उनादकटले ३ विकेट लिए भने ईशान मलिंगा र नीतीश कुमार रेड्डीले २–२ विकेट लिए । हर्ष दुबेले १ विकेट लिए।
यसअघि सनराइजर्स हैदराबादले पहिले ब्याटिङ गर्दै निर्धारीत ओभरमा ८ विकेट गुमाएर २२६ रन बनाएको थियो । उसकालागि ट्राभिस हेड र अभिषेक शर्माको ओपनिङ जोडीले उत्कृष्ट सुरुवात दिलायो । दुवैले ५.४ ओभरमा ८२ रन जोडे। हेड २१ बलमा ४६ रन बनाएर आउट भए, जसमा ३ छक्का र ६ चौका समावेश थिए । अभिषेक शर्माले पनि २१ बलमा ४ छक्का र ४ चौकासहित ४८ रन बनाए ।
हेनरिक क्लासेनले नितीश रेड्डीसँग पाँचौं विकेटका लागि ५३ बलमा ८२ रनको साझेदारी गर्दै टोलीलाई २०० पार गराए । क्लासेनले ३५ बलमा १ छक्का र ४ चौकासहित ५२ रन बनाए भने नितीश रेड्डीले ३९ रन योगदान दिए । बलिङतर्फ कोलकाताका ब्लेसिङ मुजरबानीले सर्वाधिक ४ विकेट लिए भने वैभव अरोडाले २ विकेट लिए । कार्तिक त्यागी र अनुकूल रोयले १–१ विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस