Like us!
Follow us!
Connect us!
Watch us!

वैशाख देखि इङवा हाइड्रोपावरको ४५ लाख कित्ता सेयरको लक–इन अवधि सकिदै

अर्थ संसार

शुक्रबार, २० चैत्र २०८२, ०८ : १२ मा प्रकाशित

वैशाख देखि इङवा हाइड्रोपावरको ४५ लाख कित्ता सेयरको लक–इन अवधि सकिदै

इङवा हाईड्रोपावर लिमिटेडको ४५ लाख कित्ता बढी सेयरको लक–इन अवधि आगामी वैशाख २६ गते समाप्त हुने भएको छ । कम्पनीका अनुसार ४५ लाख ३६ हजार ७०३ कित्ता सेयर लक इन अवधि सकिने भएको हो । 

उक्त सेयरमध्ये संस्थापक समूहको ४२ लाख कित्ता, कर्मचारीका लागि सुरक्षित २९ हजार ८६३ कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको ३ लाख ६ हजार १४० कित्ता समावेश छ । सञ्चालक तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरूको सेयर भने प्रचलित नियमअनुसार निश्चित अवधि सम्म रोक्का रहने जनाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको