अर्थ संसार, काठमाडौं – सुनकाे मूल्यले अब भने ओरालाे बाटाे तय गरेकाे छ ।काेराेना भाइरसकाे प्रभावले गर्दा हाल नेपाली बजारमा सुनकाे मूल्यले दिनहुँ नयाँ इतिहास बनाइरहेकाेमा हिजाे मंगलबारबाट घट्न सुरू गरेकाे हाे ।
मंगलबार ताेलामा ३ सय रूपैयाँले घटेर प्रतिताेला ८० हजार रूपैयाँमा काराेबार भइरहेकाे सुन आज (बुधबार) पनि ह्वात्तै घटेकाे छ । बुधबार सुन प्रतिताेला ५ सयले घटेर ताेलाकाे ७९ हजार ५ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि घटेकाे छ । आज चाँदी ताेलाकाे २० रूपैयाँले घटेर प्रतिताेला ९ सय ५ रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस