Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, के-के छन् प्रक्रिया ?

निशा हुमाँगाई

बुधबार, १४ फागुन २०७६, ११ : ५५ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, के-के छन् प्रक्रिया ?

अर्थ संसार काठमाडाैं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ऋणपत्रमा आज (फागुन १४ गते, बुधबार) बाट आवेदन दिन सकिनेछ । 

कम्पनीले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको ९९ हजार ७२६ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे । 

त्यसैगरी, उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । उक्त हकप्रद शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले आज फागुन १४ गतेदेखि फागुन २१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

त्यस्तै, कम्पनीको शेयर बिक्री प्रबन्धक सिविआईएल क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथमा सिटिजन्स बैंकका विराटनगर, विरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे थियाे :

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको