Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुपकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, सभा कहिले ?

निशा हुमाँगाई

बुधबार, १४ फागुन २०७६, १२ : ११ मा प्रकाशित

ङादी ग्रुपकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका, सभा कहिले ?

अर्थ संसार,काठमाडौं – ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (फागुन १४ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले आफ्नाे वार्षिक साधारण सभा फागुन २७ गते शुक्रबारलाई आह्वान गरेकाे छ ।

यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि भाेलि एक दिनका लागि बुकक्लोज गर्नेछ । त्यसैले, आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०७५/७६ काे नाफाबाट चुक्ता पुँजीकाे १० प्रतिशतका दरले नगद लाभांश (करसहित) दिने घोषणा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको