अर्थ संसार, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभाको मनोनीत सदस्यमा लैजाने भएकाे छ । उक्त निर्णयसँगै अर्थमन्त्री युवराज खतिवडा मन्त्रीबाट पनि बाहिरिने भएका छन् ।
सांसद पद नरहेको व्यक्ति मन्त्री नरहने संविधानको व्यवस्थाले २० गतेबाट उनको मन्त्री पद पनि सकिने पक्का भएकाे हाे ।
यसैगरी, २०७४ साल फागुन १४ गते अर्थमन्त्रीमा नियुक्त भएका खतिवडाले सरकारकाे सिफारिसमा राष्ट्रियसभामा सांसद बन्ने अवसर पाएका थिए ।
संविधानमा उल्लेख भएअनुसार सांसद नभएको व्यक्ति ६ महिना मन्त्री बन्न सक्छ त्यस पश्चात पनि मन्त्री बन्ने हो भने पुनः नियुक्त गरेर राष्ट्रपतिबाट सपथ खुवाउनुपर्दछ । र, मन्त्री बनेको ६ महिनाभित्र संघीय संसद प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सदस्य पनि बन्नुपर्ने हुन्छ । तर, त्यसका लागि कुनै बाटो नरहेकाले खतिवडा आउट हुने पक्का भएकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस