अर्थ संसार, काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले गत आर्थिक वर्षमा तलव/भत्ता वापत ३२ लाख ५४ हजार ७८४ रुपैयाँ बुझेका छन् । फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अनिल श्रेष्ठ रहेका छन् ।
त्यसै गरी फाइनान्सको अन्य पदाधिकारीहरुले तलव /भत्ता ५५ लाख ९९ हजार ४२५ रुपैयाँ बुझेका छन् । आर्थिक वर्ष ०७५/०७६मा फाइनान्सको कर्मचारी खर्च बढेर ५ करोड ३४ लाख २८ हजार ४२६ रुपैयाँ पुगेको छ । आर्थिक वर्षमा ७४/०७५ मा ४ करोड ५१ लाख ४९ हजार ५०२ रुपेयाँ रहेको थियो ।
त्यसै गरी फाइनान्सको कार्यालय खर्चमा ४ करोड ३ लाख ७१ हजार ९३९ रुपैयाँबाट बढेर आर्थिक वर्ष ०७५/७६ मा ४ करोड ५० लाख ७२ हजार २३० रुपैयाँ पुगेको छ ।
फाइनान्सले फागन १६ गते शुक्रबार बानेश्वर बैंक्वेट, थापा गाउँ काठमाडौंमा १० औं वार्षिक साधारणसभा बोलाएको छ । फाइनान्सले शेयरधनीलाई ६.५८ प्रतिशत (करसहित) नगद लभांश दिने प्रस्ताव अघि सारेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस