अर्थ संसार, रिलायन्स फाइनान्स लिमिटेडका संचालक समितिको तवल/भत्ता बढाउने तयारी गरेको छ । साविकको भन्दा ११८ प्रतिशतले तलव भत्ता बढाउने तयारी गरेका हुन् ।
संचालक समिति तवल/भत्ता साविकममा अध्यक्षको प्रति वैठक भत्ता ५ हजार ५ सय र अन्य संचालक समितिको प्रति वैठक भत्ता ५ हजार रुपैयाँ रहेको छ ।
फाइनान्सले संचालक समितिको बैठक भत्ता बढाएर अध्यक्षको प्रति बैठक १२ हजार रुपैयाँ र अन्य संचालकहरुको प्रति बैठक भत्ता १० हजार पुर्याउने भएको हो ।
फाइनान्सले फागन १६ गते शुक्रबार बानेश्वर बैंक्वेट, थापा गाउँ काठमाडौंमा १० औं वार्षिक साधारणसभा बोलाएको छ । फाइनान्सले शेयरधनीलाई ६.५८ प्रतिशत (करसहित) नगद लभांश दिने प्रस्ताव अघि सारेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस