Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकले हकप्रद साधारण शेयर लिलाममा विक्री गर्दै, हितग्राही खाता अनिवार्य

शुक्रबार, २७ फागुन २०७३, १२ : ३४ मा प्रकाशित

मेगा बैंकले हकप्रद साधारण शेयर लिलाममा विक्री गर्दै, हितग्राही खाता अनिवार्य

अर्थ संसार 
काठमाडौं– तपाई शेयर किन्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने मेगा बैंकको  ३ लाख ८६ हजार ८ सय ८२ कित्ता हकप्रद शेयर खुल्दैछ ।

यहि चैत १३ गतेदेखि लिलाम विक्री गरिँदैछ । बैंकको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति चैत २० रहेको छ । कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैकिङ लिमिटेड रहेको छ ।

मेगा बैंकको हकप्रद शेयरको लागि २०७३ साउन २७ गतेदेखि २०७३ भदौ २९ गतेसम्म हकप्रद शेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँट भई बाँकी रहेको संस्थापक समूहतर्फ १ लाख ६८ हजार ९ सय ९२ कित्ता र सर्वसाधारण समूहको २ लाख १७ हजार ८ सय ३४ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

शेयरको न्यूनतम मूल्य प्रति शेयर रू. १ सय तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको शेयर खरीदको लागि  बोलकबोल गर्दा न्यूनतम सय कित्ता आवेदन दिन सक्नेछ । 

हितग्राही खाता अनिवार्य 
कम्पनीले बाँडफाँटमा परेका आवेदकहरुलाई आवेदककै हितग्राही खातामा शेयर नामसारी गरिने हुँदा आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने छ । 
 

58c24d06e15f4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको