Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारितसँगै सेन्ट्रल फाइनान्सको २३औं वार्षिक साधारणसभा सम्पन्न

निशा हुमाँगाई

शुक्रबार, १६ फागुन २०७६, १२ : ०५ मा प्रकाशित

लाभांश पारितसँगै  सेन्ट्रल फाइनान्सको २३औं वार्षिक साधारणसभा सम्पन्न

अर्थ संसार, काठमाडाैं - सेन्ट्रल फाइनान्स लिमिटेडकाे २३ औँ वार्षिक साधारण सभा आज (फागुन १६ गते शुक्रबार) नेपाल प्रशासनिक प्रशिक्षण, जावलाखेल, ललितपुरमा सम्पन्न भएकाे छ ।

यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा पेश गरिएकाे आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गरिएकाे छ । त्यस्तै, सभामा कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरीएकाे छ ।

त्यसैगरी, सभामा सञ्चालक समितिले सिफारिस गरेकाे चुक्ता पुँजीकाे ७ प्रतिशतका दरले ५ कराेड ७६ लाख ३७ हजार ८५० रूपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि पारित गरिएकाे छ ।

त्यस्तै, सभामा सञ्चालककाे बैठक भत्ता वृद्दि गर्ने र साे बमाेजिम नियमावली संशाेधन गर्ने विशेष प्रस्ताव समेत पारित गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको