Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंककाे "Prabhu Goodluck Saving" मा विद्यार्थीलाई फाइदै फाइदा

निशा हुमाँगाई

शुक्रबार, १६ फागुन २०७६, १३ : ५२ मा प्रकाशित

प्रभु बैंककाे "Prabhu Goodluck Saving" मा विद्यार्थीलाई फाइदै फाइदा

अर्थ संसार, काठमाडौं - प्रभु बैंक लिमिटेडले विभिन्न कलेज अध्ययनरत विद्यार्थीहरू तथा  कर्मचारीहरूलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित Prabhu Goodluck Saving नामक नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

यसैगरी, शुन्य मौजदातमा खाता खोल्न सकिने Prabhu Goodluck Saving खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्फबाट एक सय रूपैयाँ जम्मा गरिदिने व्यवस्था मिलाईएको छ ।

Prabhu Goodluck Saving योजना अन्तर्गत खाता खोल्ने खाताधनीहरूलाई वार्षिक ६.५ प्रतिशत व्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुनेछन् ।

यस्तै, Prabhu Goodluck Saving अन्तर्गत खाता खोल्ने खाता धनीहरूलाई बैंकले आफ्नाे सहायक कम्पनी प्रभु क्यापिटल सँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरूमै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवसरहरू जस्तै IPOs, FPOs, Capital Market आदिको बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ । बैंकको यस Prabhu Goodluck Saving मा सहभागी हुने विद्यार्थीहरूलाई आफ्नाे अध्ययन सँगसँगै आर्थिक आत्मनिर्भरतातर्फ अग्रसर हुने अवशर समेत मिल्नेछ । 

त्यसैगरी, बैंकले सञ्चालनमा ल्याएको यस निक्षेप योजना Prabhu Goodluck Saving मा विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू तथा कर्मचारीहरू सहभागी भई प्रभु बैंक लिमिटेडको अत्याधुनिक एवं गुणस्तरीय बैंकिङ्ग सुविधा उपभोग गर्दै देशको पूँजीबजारसँग सम्बन्धित अवसरको यथेष्ठ लाभ उठाउनेछन् भन्ने बैंकले विश्वास लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको