Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सकाे हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने, के-के छन् प्रक्रिया ?

निशा हुमाँगाई

आइतबार, १८ फागुन २०७६, १२ : ०८ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सकाे हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने, के-के छन् प्रक्रिया ?

अर्थ संसार, काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे हकप्रद शेयर आज (फागुन १८ गते, आइतबार) बाट निष्काशन गरिएकाे छ ।

कम्पनीकाे १०० रूपैयाँ अंकित दरका ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि कम्पनीले शेयरधनी दर्ता किताब बन्द (माघ २७ गते, साेमबार) गरेकाे थियाे । तसर्थ, माघ २६ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयरमा १० बराबर ६ (१०:६) को अनुपातमा आज (फागुन १८ गते, आइतबार) देखि चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस्तै, कम्पनीकाे हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु र सेन्ट्रल फाइनान्स तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5e5b55f6c1761.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको