Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार ३ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गरिँदै

निशा हुमाँगाई

आइतबार, १८ फागुन २०७६, १३ : २८ मा प्रकाशित

सोमबार ३ अर्ब १३ करोडको ट्रेजरी बिल बिक्री गरिँदै

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी  बिल नवीकरण गर्न लागेको हो । भोली (फागुन १९, सोमबार) ३ बजे बोलकबाेल भएर मंगलबार ट्रेजरी बिल जारी हुने बैंकले जनाएको छ ।  

त्यसैगरी, बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । उक्त ट्रेजरी  बिल आगामी जेठ २० गते परिपक्व हुनेछ । बैंकले यसअघि फागुन १२ गते जारी गरेको २ अर्ब २३ करोडको ट्रेजरी बिलमा १० अर्ब ३४ करोड रुपैयाँको आवेदन परेको थियो ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको