अर्थ संसार
काठमाडौं–
चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडले १०७ औं महिना दिवसको अवसरमा यहि फागुन २४ र २५ गते संस्थासंग आवद्ध १० जिल्लाका ११ हजार महिला सदस्यहरुबाट ६५० जना केन्द्र प्रमुख÷उपप्रमुखहरुको लागी २ दिने वित्तीय साक्षरता कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ ।
नेपाल राष्ट्र बैंकका का.मु. कार्यकारी निर्देशक वासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष जगत बहादुर पोखरेल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाल बोल्नु भएको थियो भने इमर्जिङ्ग नेपालका प्रमुख कार्यकारी अधिकृत डा. विनोद आत्रेय, नेपाल राष्ट्र बैंकका निर्देशक श्री विनोद आचार्य तथा नेपाल राष्ट्र बैंकका उपनिर्देशक श्री सुभाष आचाय लगायतले कार्यक्रमको सहजीकरण गरेका थिए ।
वित्तीय संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रममा त्रिवेणी विकास बैंक लिमिटेडका नायव प्रवन्धक विष्णु कुंवर, महिला नेतृ श्रृजना काफ्ले, व्यवसायी नवराज श्रेष्ठ लगायतले संस्थाले गरेको अनुकरणीय कार्यको प्रशंसा गरेका थिए ।
महिलाहरुको जिवनस्तर अभिवृद्धि तथा उद्यमशिलताको लागी संस्थाले १ वर्षको अवधिमा १८ वटा शाखा कार्यालय मार्फत ४७ करोड वढि विना धितो महिला सदस्यहरुलाई कर्जा प्रवाह गरिसकेको गीता राउतले वताइन । उक्त कार्यक्रममा वित्तीय संस्थाले प्रबर्धन गरेका ९ वटा उत्कृष्ट केन्द्रहरुलाई समेत पुरस्कार बितरण गरिएको थियो उक्त कार्यक्रम संस्थाका कम्पनी सचिव रेशम न्यौपानेको सञ्चालनमा भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस