अर्थ संसार, काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडा आजबाट राष्ट्रिय सभाको मनोनीत सदस्यबाट बिदा भएका छन् ।
राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका उनी नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभाको मनोनीत सदस्यमा लैजाने भएकाले आजदेखि राष्ट्रिय सभाको मनोनीत सदस्यबाट बाहिरिएका हुन् ।
यसैगरी, उनीसँगै मंगलबारदेखि राष्ट्रियसभाबाट १९ सांसद बिदा हुँदैछन् । तिमध्ये नेकपाका ८, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टी नेपालका १ सांसद बाहिरिँदै छन् ।
अहिले २ बजे राष्ट्रिय सभामा आज बिदा हुने सांसदहरुकाे बाेल्ने कार्यक्रम राखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस