Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूद्वारा रक्तदान तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न

निशा हुमाँगाई

मंगलबार, २० फागुन २०७६, १५ : ०९ मा प्रकाशित

बैंक अफ काठमाण्डूद्वारा रक्तदान तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न

अर्थ संसार, काठमाडौं - बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।

प्रदेश नं. ५ अन्तर्गत नेपालगन्ज प्रादेशिक कार्यालयमा आयोजना गरीएको रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणा, नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख मुक्ति सापकोटा तथा बैंकका संचालक समिति सदस्य गोबिन्द प्रसाद शर्माको विशेष उपस्थितीमा उक्त कार्यक्रम सञ्चालन गरीएको थियो । 

त्यस्तै, बैंकले सामाजिक उत्तरदायीत्व अन्तर्गत नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई पानी शुद्धिकरणको लागि वाटर डिस्पेन्सन उपकरण हस्तान्तरण गरीएको हो ।  

त्यसैगरी, हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरू, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

5e5e25646ca01.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको