अर्थ संसार, काठमाडौं – मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर रिचार्जरले १ रूपैयाँमा होलीको टीसर्ट उपलब्ध गराउने भएको छ ।
रङहरूको पर्व होलीलाई हर्षोउल्सास बनाउनुका साथै आफ्नो ब्राण्ड प्रवद्र्धनका लागि होलीको थिमयुक्त टीसर्ट १ रूपैयाँमा उपलब्ध गराउने अफर ल्याएको रिचार्जरले जनाएको छ ।
रिचार्जरका अनुसार फागुन २३ गते शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नु पर्नेछ । १ रूपैयाँमा टीसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २४९ क्यास प्वाईन्ट भने प्रयोग गर्नु पर्ने हुन्छ । अर्थात २४९ क्यास प्वाईन्ट र १ रूपैंया भुक्तान गरेर टीसर्ट किन्न सकिन्छ ।
गुगलप्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्कालै एक सय क्यास प्वाइन्ट पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास प्वाईन्ट पाइने छ । क्यास प्वाईन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रूपमा प्रयोग गर्न सकिन्छ ।
मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंङ गर्दा दुई दर्जन बैंकको इ बैंकिग, इसेवालगायतका पेमेण्ट गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्ने व्यवस्था रिचार्जरले गरेको छ।
ग्याजेटस् तथा ईलेक्ट्रोनिक्स सामानहरू रिचार्जरबाट शुन्य प्रतिशत व्याजदरमा किस्ता बन्दीमा किन्न सकिन्छ । रिर्चाजरले ‘नेपालीलाई नेपाल घुमाउने’ नाराका साथ सस्तो मुल्यमा टुर प्याकेज साथै हेलि राईड उपलब्ध गराईरहेको छ । पोखराको साईड सिन हेलिकप्टर बाट ५ हजार ९९९ रूपैयाँमा मात्र उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ।
रिचार्जर एपमा मेबाईल, ल्यापटप, टिभी , फ्रिज किस्ताबन्दिमा र टुर प्याकेज ब्राण्डेड सामानहरू सुपथ मुल्यमा किन्न सकिन्छ । काठमाण्डौ उत्पत्यका भित्र नाईट फुड एण्ड ड्रिंकस् सर्भिस बेलुकी ६ बजेदेखि बिहान साढे ३ बजे सम्म अर्डर गर्न सकिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस