Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बाल संगठनलाई सहयोग गरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मनायो प्रथम वार्षिक उत्सव

निशा हुमाँगाई

विहीबार, २२ फागुन २०७६, १७ : ११ मा प्रकाशित

नेपाल बाल संगठनलाई सहयोग गरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकले  मनायो प्रथम वार्षिक उत्सव

अर्थ संसार, काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल बाल संगठनलाई सहयोग गरी प्रथम वार्षिक उत्सव मनाएकाे छ ।

वि.सं.२०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रूपमा कार्य गर्न इजाजतपत्र प्राप्त गरी २०७५ फाल्गुण २२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार शुुभारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले औपचारिक रूपमा कारोबार शुभारम्भ गरेको एक वर्ष पुरा गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठन (बाल मन्दिर) लाई १ लाख ५० हजार रूपैंया सहयोग गरी आफ्नो प्रथम वार्षिक उत्सव मनाएकाे हाे ।

उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल बाल संगठन (बाल मन्दिर) का महासचीव गणेश भक्त श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।  

काठमाडाैं महानगरपालिका वडा नं.१० नयाँ बानेश्वर, काठमाडाैंमा रजिष्टर्ड कार्यालय रहेको बैंकको हाल अधिकृत पूँजी ४० अर्ब रूपैयाँ, जारी पूँजी २० अर्ब रूपैयाँ र चुक्ता पूँजी १२ अर्ब रूपैयाँ रहेको छ भने बैंकले निकट भविष्यमा सर्वसाधारणहरूलाई शेयर निष्कासन गरी बाँडफाँट गरे पश्चात चुक्ता पूँजी २० अर्ब रूपैयाँ पुग्नेछ । 

त्यस्तै, जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरूमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरूलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको