अर्थ संसार, काठमाडौं - ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा स्थगित भएकाे छ । कम्पनीकाे फागुन २७ गते मंगलबार गर्ने भनिएकाे सभा कोरोना भाइरसकाे त्रासका कारण स्थगित गरिएकाे हाे ।
नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले सार्वजनिक रुपमा ठुला प्रकारकाे सभा, सम्मेलन तथा औपचारिक कार्यक्रमहरु गर्न उच्च जोखिम रहेको भन्दै यस्ता भेलाहरू नगर्नका लागि आदेश दिएकाले सभा स्थगित गरिएकाे कम्पनीले जनाएकाे छ ।
त्यस्तै, कम्पनीले अर्काे सूचना प्रकाशन नगरूञ्जेलसम्मका लागि सभा स्थगित रहनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस