अर्थ संसार,काठमाडाैं - पश्चिमी वायुको प्रभावले आज देशभर आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् मञ्जु बासीले दिएकाे जानकारी अनुसार पश्चिमी वायुको प्रभावले अपरान्हपछि पूर्वी तथा मध्य पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
उक्त प्रणाली पश्चिमी भू–भागबाट प्रवेश गरेकाले यसको प्रभाव पश्चिमी भेगमा बढी पर्ने बताइएको छ । “बुधबारदेखि पश्चिमी भू–भागमा पश्चिमी वायु बढी सक्रिय हुनेछ”, मौसमविद् बासीले बताइन् । हाल देशका केही पश्चिमी भू–भागलगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंसिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । बुधबार देशभर आंशिकदेखि सामान्य बदली भई पश्चिमी तथा मध्य भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको औँल्याइएको छ । बिहीबार देशभर आंशिक बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम ताफक्रम ११ दशमलव नौ डिग्री र अधिकतम तापक्रम २४ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा धेरै धनगढी अधिकतम तापक्रम २८ दशकलव सात डिग्री सेल्सियस रहेको छ । - रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस