अर्थ संसार
काठमाडौं– रेनोल्टको नेपालका लागि आधिकारिक बितरक एडभान्स अटो मोबाइल्सले ‘रेनोल्ट वाउ अफर’ ल्याएको छ । यस अफरमा कम्पनीले क्विड तथा डस्टर गाडी न्युनतम मासिक किस्तामा उपलब्ध गराउने छ ।
कम्पनीले नयाँ वर्षलाई लक्षित गरेर योजना सार्वजनिक गरेको हो । योजनाले संभावित ग्राहकहरुका लागि सजिलो मासिक किस्ताबन्दीको विशेषताहरुको बारेमा जानकारी दिन्छ ।
ग्राहकहरुले रोमाञ्चक क्विड तथा डस्टर क्रमशः २८ हजार २ सय र १३ हजार ३ सय ५७ रुपैयाँ मासिक किस्तामा पाउने छन् । यसको लागि ८.९९ प्रतिशत वार्षिक ब्याज दरमा सजिलै फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यसका साथै, यो योजनामा २ वर्षको निशुल्क सर्भिस, १ वर्षको निशुल्क सडक कर, सजिलो एक्सचेन्ज सुविधा तथा अतिरिक्त नगद छुटको व्यवस्था रहेको छ । अर्को महत्वपूर्ण आकर्षण भनेको रेनोल्टका गाडीहरु ५ वर्षको वारेन्टीका साथमा आउने कम्पनीले जनाकारी दिएको छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस