Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे उकालाे यात्रामा ब्रेक

निशा हुमाँगाई

बुधबार, २८ फागुन २०७६, ११ : ४० मा प्रकाशित

सुनकाे उकालाे यात्रामा ब्रेक

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा लगातार बढ्दै गएकाे सुनकाे मूल्यले आज (बुधबार) भने ब्रेक लिएकाे छ । दिनहुँ बढ्दै गइरहेकाे सुनकाे मूल्यले आज भने  ओरालाे यात्रा तय गरेकाे हाे ।

मंगलबार प्रतिताेला ८२ हजार ७ सय रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज (बुधबार) ताेलाकाे ४ सय रूपैयाँले घटेर प्रतिताेला ८२ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । आज पनि चाँदी प्रतिताेला ८ सय ८० रूपैयाँ नै कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको