Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स फाइनान्सले आजबाट धमाधम नगद लाभांश पठाउँदै, शेयरधनीहरुलाई जरूरी सूचना

निशा हुमाँगाई

बुधबार, २८ फागुन २०७६, १२ : १६ मा प्रकाशित

रिलायन्स फाइनान्सले आजबाट धमाधम नगद लाभांश पठाउँदै, शेयरधनीहरुलाई जरूरी सूचना

अर्थ संसार, काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेडले आजबाट धमाधम नगद लाभांश वितरण गरिरहेकाे छ । 

कम्पनीले फागुन १६ गते सम्पन्न दशाैं वार्षिक साधारण सभाबाट पारित गरिएकाे ६.५८ प्रतिशत नगद लाभांश (कर सहित) आज (फागुन २८ गते, बुधबार) बाट शेयरधनीहरुले हितग्राही खातामा उल्लेख गराएको बैंक खातामा धमाधम जम्मा गर्न सुरू गरेकाे हाे । 

त्यसैगरी, कम्पनीले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई हितग्राही खाता र बैंक खाताको विवरण बुझाउन आग्रह गरेको छ ।

यस्तै, कम्पनीकाे शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e68872f417b3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको