Like us!
Follow us!
Connect us!
Watch us!

काेराेना प्रभाव : डलरकाे मूल्यमा नयाँ रेकर्ड

निशा हुमाँगाई

बुधबार, २८ फागुन २०७६, ११ : ५४ मा प्रकाशित

काेराेना प्रभाव : डलरकाे मूल्यमा नयाँ रेकर्ड

अर्थ संसार, काठमाडौं – डलरलगायत विभिन्न विदेशी मुद्राहरूमा समेत काेराेना भाइरस (कोभिड—१९) काे प्रभाव परेकाे छ । केहि दिनबाट डलरकाे मूल्यले लगातार उकालाे यात्रा तय गरिरहेकाेमा आज (बुधबार) भने नयाँ रेकर्ड कायम गरेकाे छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बुधबार) एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९० पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेकाे छ ।

त्यसैगरी, मंगलबार एक कुवेती दिनारको खरिददर ३८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ६९ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३१५ रुपैयाँ २२ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९२ पैसा  र बिक्रीदर २८ रुपैयाँ ०६ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

यसका साथै, मंगलबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर  ३०९ रुपैयाँ १३ पैसा तोकिएको छ ।

अरू विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको