Like us!
Follow us!
Connect us!
Watch us!

चामलमा मिसावट : कसरी चिन्ने शुद्ध चामल ? (भिडियाे)

निशा हुमाँगाई

बुधबार, २८ फागुन २०७६, १६ : ३५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – नेपाली खाद्य बजारमा हुने मिसावटमध्ये चामल पनि एक हाे ।

नेपालमा चामलको माग अपुग भएको बेला भारत, चीन जस्ता देशहरूबाट चामल आयात गर्ने गरिन्छ । तर यस्ता चामलहरूमा कहिले काहिँ मिसावट गरिएको भेटिएका छन् । चामलमा मानिसलाई एकदमै हानी पुर्याउने प्लास्टिकजन्य चिजहरू मिसाईएको हुन्छ । 

कसरी चिन्ने शुद्ध चामल ? :

१.अलिकति चामल लिएर स्टीलको चम्चामा राखेर जलाउने : यदि जलाउँदा खेरी त्यसको गन्ध वा बास्ना प्लास्टिककाे जस्तो गनायो वा पग्लियाे भने त्यो चामलमा प्लास्टीक मिसाइएको छ भनेर थाहा पाउन सकिन्छ ।

२.अलिकति चामललाई तावा वा कुनै भाडामा राखेर तताउने : यसरी तताउँदाखेरी यदि त्यो भाँडामा अड्कियो वा घट्यो भने त्यो पनि प्लास्टिकको चामल हो भनेर थाहा पाउन सकिन्छ । 

३.कुनै भाँडामा पानी राखी चामल केही समय सम्म राख्ने : यदि त्यो चामल पानीमा नडुबी तहिरिन्छ भने त्यो पनि प्लास्टिकको चामल हो भनेर थाहा पाउन सकिन्छ । 

हेर्नुहाेस् भिडियाे :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको