Like us!
Follow us!
Connect us!
Watch us!

ओम डेभलपमेन्ट र मनास्लु विकास बैंक मर्जरको स्विकृति, १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने

मंगलबार, ०१ चैत्र २०७३, १८ : ४९ मा प्रकाशित

ओम डेभलपमेन्ट र मनास्लु विकास बैंक मर्जरको स्विकृति, १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने

अर्थ संसार 
काठमाडौं– ओम डेभलपमेन्ट बैंक लिमिटेडले बिशेष साधारणसभा  आज पोखरामा सम्पन्न भएको छ बैंकका सञ्चालक समितिका अध्यक्ष सुशील कुमार गोशलीको अध्यक्षतामा बसेको बिशेष साधारणसभाले मनास्लु विकास बैंकसंग मर्जरको लागि स्विकृती प्रदान गरेको छ  ।

मर्जरपछि १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैैकले हकप्रद शेयर र चालु आ.ब.को मुनाफाबाट बोनश शेयर जारी गरि बैंकको चुक्ता पुंजी २ अर्ब ५४ करोड पुर्याउने पुंजी योजना बनाएको छ ।

कार्यक्रममा बैंकका सञ्चालक तथा संयुक्त मर्जर समितिका संयोजक राजेन्द्र कुमार बाटाजुले स्वागत मन्तब्य राखेका थिए । 

२०७३ पौष मसान्तको वित्तीय विवरणको आधारमा मर्जरपछि बैंकको कुल  निक्षेप १५ अर्ब २४ करोड, कर्जा १३ अर्ब २७ करोड, शाखा संख्या ४२ र ग्राहक संख्या  १ लाख ७० हजार ग्राहकहरु पुग्ने ब्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिए ।  मनास्लु विकास बैंकले पनि चैत्र १ गते नै मर्जरको स्विकृतीको लागि बिशेष साधारण सभा सम्पन्न गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको