अर्थ संसार, काठमाडौं– मुक्तिनाथ क्यापिटल लिमिटेडले कविन्द्रध्वज जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।जोशीले आगामी बैंशाखदेखी मुक्तिनाथ क्यापिटल जिम्मेवारी सम्हाल्ने भएका छन् ।
एनआइविएल एस क्यापिटलमा महाप्रवन्धकको रुपमा कार्यरत जोशीले मुक्तिनाथ जाने भएपछि राजीनामा दिईसकेका छन् तर उनको राजीनामा स्वीकृत हुन बाँकी छ ।
एनआईडिसी क्यापिटल मार्केट, एस क्यापिटल, ग्रोमर मर्चेन्ट बैंकर लगायतमा गरी मर्चेन्ट बैंकिङमा २ दशक भन्दा बढी विताइसकेका जोशी मर्चेन्ट बैंकिङका एक्पर्ट हुन ।
मुक्तिनाथ विकास बैंकले भिवोरको बहुमत शेयर किनेर क्यापिटलको नाम परिवर्तन गरी मुक्तिनाथ क्यापिटल बनाएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस