Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डू लिमिटेडको BOK सफलता मुद्दती खाता सार्वजनिक

अर्थ संसार

विहीबार, २९ फागुन २०७६, २० : ५४ मा प्रकाशित

बैंक अफ काठमाण्डू लिमिटेडको BOK सफलता मुद्दती खाता सार्वजनिक

अर्थ संसार, काठमाडौं-बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहक महानुभावहरुको उच्चतम् लाभ तथा सुरक्षालाई मध्यनजर गर्दै ‘BOK सफलता मुद्दती खाता’ सार्वजनिक गरेको छ ।

“सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खातामा ग्राहक महानुभावहरुले रु ११ लाख सम्मको बीमा सुबिधा सहित सर्वोच्च वार्षिक ९.७५% ब्याजदरको सुबिधाको उपयोग गर्न सक्नुहुनेछ ।

उक्त मुद्दती खाता रु. २५,०००।– देखी नै खोल्न सकिने र ग्राहक महानुभावहरुले उक्त खाता खोली बीमा लगायत थुप्रै सुबिधाहरुको उच्चतम लाभ लिई ढुक्क हुने बिश्वास बैंकले लिएको छ ।

  साथै, बीमा सुबिधा अन्र्तगत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका भए रु. ५ लाख, १८ घातक रोगहरु लागेको खण्डमा रु. ५ लाख तथा औषधी उपचारको लागि रु. १ लाखको बीमा सुबिधा अन्र्तगत बहिरंग (OPD) को लागि रु. २०,०००।– तथा अस्पताल भर्ना भई उपचार गर्दा रु. ८०,०००।– सम्मको बिमा सुबिधाको उपयोग गर्न सकिने छ ।

बिमा सुबिधा बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा उपलब्ध गराएको छ । जस अन्र्तगत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडलाई भुक्तानी गर्नेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको